.

खोई किन हो किन
हावाहरु मातिरहेको देख्दै छु आज
कतै तिमीले केहि त भनेनौं मेरो बारेमा
फूलहरुमा पनि अलगै चन्चलता देख्दै छु म
कतै माया पिरतिका कथाहरु त सुनाएनौं तिमीले
शंका त लाग्दै थियो मलाई तर भनौँ कि नभनौँ भयो
पुरानो यो मुटुका धड्कनहरु पनि
नयाँ संगीतमा धड्किरहेको सुन्दैछु आज …
——–

.

चाँदनीलाई आकासमा देखेर
अचम्म लाग्यो मलाई
तिमी त मेरो साथमा छौं
आकासमा रहेकी उनी को हुन्…???!!!
——-
#Copied #Translated

.

जिवन त यात्रा हो
उकालो र ओरालो बाटोहरुको …
आँशु त चिनो हो
साँचो अनि पबित्र मायालुहरुको …
सुख र दुःख त मोहनी हो
क्षणिक पलहरुको …
तिमी त संगम हौ
मेरो जिवनको सुन्दर सपनाहरुको …

~~~उत्कृष्ट दिन~~~

एउटा ब्यापारीले जीवनमा धेरै पैसा कमाईसकेको थियो… अझै धेरै पैसा कमाउनमा नै ब्यस्त थियो …यहि बिचमा उसले एकजना सन्तलाई भेटेछ र त्यो सन्तको नजिकै गएर एउटा प्रश्न सोध्यो…

ब्यापारी : “हे महान सन्त… मैले जीवनमा धेरै पैसा कमाईसकेको छु… म आफ्नो जीवनको पुरै आनन्द लिने सबैभन्दा उत्कृष्ट दिनको प्रतिक्षा गरिरहेको छु… हे ज्ञानी, कृपा गरेर मलाई बताईदिनुस् कि मैले कुन दिन देखि रमाइलो जीवन बाच्न सुरु गर्दा उपयुक्त होला …???!!!”

त्यो ब्यापारीको कुरा ध्यान सित सुनिसके पछि सन्तले भन्न थाल्यो…

सन्त :”तिमीले आफ्नो मृत्यु भन्दा ठ्याक्कै एक दिन अघि देखि रमाइलो जीवन बाच्न सुरु गर्दा उपयुक्त हुनेछ…”

ब्यापारी : “तर, हे ज्ञानी… मृत्युको त कुनै समय नै हुँदैन नि त …!!!”

सन्त :”त्यसो भए तिमीले जिन्दगीका हरेक दिनहरुलाई मृत्यु अघिको दिन ठानेर जिन्दगीको मज्जा लिने गर्नु… जिन्दगीको आनन्द लिन उत्कृष्ट दिनको प्रतिक्षा गर्नु मुर्खता सिवाय केहि होइन …”
———-
#Copied #Translated #Modified

IMG-20180315-WA0014-1.jpg

.

सबै कविता, शायरी अनि गजलहरु
शब्दहरु मै सजिनु पर्छ भन्ने हुँदैन
सबै कविता, शायरी अनि गजलहरु
मानिसहरुले नै लेख्नु पर्छ भन्ने पनि हुँदैन

प्रेम गर्न अब मन लाग्दैन मलाई
तिमीलाई केही भन्न पनि मन लाग्दैन मलाई…
 
चुपचाप नै बस्ने गरेको छु अचेल
आफैंमा हराउन पनि मन लाग्दैन मलाई…
———-
Poem by: Jamal Azmi
#Translated

आमा

17457628_1083823285096983_446040613209863372_n.jpg

.

~~~आमा~~~

तिम्रो संघर्षलाई मैले बुझ्न सकिन
आमा
तिमी नरिसाउनु है
म गहिरो निन्द्रा मै थिए हुँला…

तिम्रो ऋणी छु अझै पनि
आमा
तिमी नरिसाउनु है
सायदै त्यो ऋण चुक्ता गर्न
म कहिल्यै सक्षम हुँला…

7f99526962cb2809161919f54e5d0246.jpg

.

थाहा छैन किन
कतै कुनै कुरा छुटेको पो छ कि …(???)
लाग्दैछ यो मनले कुनै कुरामा
म सँग अनुमति मागेको पो हो कि …(???)
पक्कै तिमीलाई हिजो देखेकोले हुनुपर्छ
बिर्सन चाहेको कथाका पानाहरु खोल्न चाहेको पो हो कि…(???)

29511213_1351028855043090_2017781684891436973_n.jpg

.

तिम्रो आँखामा
अन्तरिक्षको तारा मण्डलहरु देख्दै छु म
जति अन्वेषण गर्न खोज्दा पनि
पत्ता लगाउनै नसक्ने लाख रहस्यहरु देख्दै छु म …

तिम्रो आँखामा
सायद यो जुनी पनि कम हुने भयो मेरो
अनि घुस दिंदा दिंदै थाकि सकेको छु
पक्कै यसपालि दुनियाँ सामु बदनाम हुँदै छु म …!!!
——–

.

बिरानो त्यो बाटोमा
कसैले बोलाई रहे झैं लाग्यो …
सोच्दै छु
पक्कै त्यो आवाज
तिम्रै नै त हुनु पर्छ …!!!